नियम १७
बैंक तथा वित्तीय संस्थाले पशुधन सुरक्षण गराउन सक्ने
: (१) कोषको सदस्य नरहेको बैंक तथा वित्तीय संस्थाले कोषको स्वीकृती लिई कुनै फर्म वा व्यक्तिलाई दशलाख रुपैयाँ वा सोभन्दा बढी लगानी गरी खरिद गरिएका उन्नत गाई वा भैंसीको यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सुरक्षण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खरिद गरिएका पशुधनको सुरक्षण प्रक्रिया, क्षतिपूर्ति दाबी लगायतका सुरक्षण सम्बन्धी सम्पूर्ण कुराको जिम्मेवारी त्यस्ता पशुधनमा लगानी गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुनेछ ।
(३) यस नियम बमोजिम सुरक्षण गरिने पशुधनको स्वास्थ्य परीक्षण गर्ने, सङ्केत पट्टा लगाउने, पशुधनको मृत्यु प्रमाणपत्र जारी गर्ने र पशुधनको अनुत्पादक प्रमाणपत्र जारी गर्ने जस्ता कार्य सम्बन्धित पशु सेवा कार्यालय वा सो सम्बन्धी कार्य गर्ने कार्यालयको प्राविधिक वा: प्रचलित कानून बमोजिम कम्तीमा "घ" श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा दर्ता भएका व्यक्तिमध्येबाट- कोषले तोकेकोप्राविधिकबाट गराउनु पर्नेछ ।